Media Network

चुनावी खर्च उठाउन भटाभट सेयर बेच्दै राजनीतिकर्मी


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

काठमाडौ । आगामी वैशाख ३० मा हुने भनिएको स्थानीय तहको चुनावमा देशभरबाट १ लाख ४४ हजार बढीले उम्मेदवारका लागि मनोनयन दर्ता गराएका छन्। 

स्थानीय तहको कुल ३५ हजार २२१ पदको चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो । 

सेयर बजारमा डिम्याट खातामात्र खोल्नेहरुको संख्या ५१ लाख पुगेको छ । नेपालको सेयर बजारमा खासगरी विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारीमात्र नभएर राजनीतिकर्मीहरुले पनि लगानी गर्दै आइरहेका छन्, त्यस्तै दोस्रो बजारमा लगानी गर्नेहरुको संख्या पनि नियमित बढ्दो क्रममा छ ।स्थानीय तहको चुनाव नजिकिएसँगै पुँजीबजारमा लगानी गरेका राजनीतिज्ञहरुले कम रेटमै भटाभट सेयर बेच्न थालेका छन् ।

चुनावी खर्च टार्नकै लागी यतिबेला सेयर बजारमा सेयर बेच्नेहरुको लर्को लाग्न थालेको छ ।पछिल्लो समय चुनावी तयारी गरिरहेका उम्मेदवारहरुले चुनावका लागि पैसा जोह सुरु गर्दा औपचारिक क्षेत्रबाट 

यतिबेला बजारमा तरलता चाप भएको भन्दै नेपाली सेयर बजारलाई तरलताले प्रत्यक्ष असर गर्ने भएकाले बजार पनि केही महिनादेखि सुस्ताएको छ’, एक ब्रोकर सञ्चालकले बताए । चुनावी माहौल सुरु भएसँगै राजनीतिमा आबद्ध व्यक्तिहरुले अहिले सेयर किन्नेभन्दा पनि बेच्न सुरु गरेको ती सञ्चालकको भनाइ छ। 

यतिबेला व्यापारी, उद्योगीलगायतको व्यापार व्यवसाय ठप्प छ। त्यसैले पनि सेयरमा आबद्ध राजनीतिज्ञले चुनावी खर्चका लागि आफ्नो पोर्टफोलियो खाली गर्न सुरु गरिसकेका छन्।हाल चुनाव लड्न त्यति सहज भने छैन् हालै मात्र काग्रेस नेता सशांक कोइरालाले एक सार्वजनिक कार्यक्रममा आफुले अघिल्लो पटकको निर्वाचनमा ७ करोड रकम खर्चिएको भन्ने अभिव्यक्तिले यो प्रष्ट हुन्छ की नेपालमा चुनावी प्रक्रिया कति खर्चिलो रहेछ 

चुनावी खर्चको नाममा पेट्रोल, मदिरा, पम्पलेटलगायतका कार्यकर्ता देखि सबै सबैको खर्च उम्मेदवारको काधँमा छ यदपी निर्वाचन आयोगले चुनावी खर्चको मापदण्ड निर्धारण नगरेको पनि होइन् तर पनि आयोगले ताकेको रकमले सामान्य खर्च समेत धान्न धौ धौ पर्ने भएकाले सेयर बेच्न उम्मेदवारहरु बाध्य भएको देखिन्छ


Share:
Reaction :
ताजा समाचार
खेलकुद