चार्टर्ड एकाउण्टण्ट्स संघको निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
चार्टर्ड एकाउण्टण्ट्स संघको निर्वाचित पदाधिकारी र सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न
काठमाडौँ। बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल चार्टर्ड एकाउण्टण्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतीथ्यतामा सिए गोपाल श्रेष्ठले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउण्टण्ट्स संघ तयार रहने बताएका छन् । उनले भने “चार्टर्ड एकउण्टेण्ट्हरु विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहनुभएको छ । सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु ।”

देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउण्टेण्टको सुझावले झुट्टै महत्त्व राख्ने अध्यक्ष पाण्डेले बताए ।  उनले भने “हामी विभिन्न पक्षसँग सल्ला सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टकाको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ ।”


त्यस्तै नवनिर्वाचित केन्द्रिय कार्यसमितिको  अध्यक्षमा श्री दिपक पाण्डे, उपाध्यक्षमा श्री सुशिल घिमिरे,  महासचिवमा श्री प्रदिप सिग्देल , प्रदेश नं १ प्रमुखमा श्री मनोज अधिकारी, मधेश प्रदेश प्रमुखमा श्री अरविन्द कुमार खेतान , बाग्मति प्रदेश प्रमुखमा श्री निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा श्री सागर लामिछाने , लुम्विनी प्रदेश प्रमुखमा प्रेम भुर्तेल, कर्णाली प्रदेश प्रमुख मा श्री छविलाल आचार्य , सुदुर पश्चिम प्रदेश प्रमुखमा श्री लोकेन्द्र ऐयर , उपत्यका विशेष प्रमुखमा श्री टिकाराम कार्की, कोषाध्यक्षमा  श्रीमति बर्षा वराल सहित सदस्यहरुमा सुश्री अस्मिता त्रिपाठी,  श्री पृथ्वी पुन मगर, श्री सुजन सुबेदी, श्री विवेक राम भण्डारी,  श्री शंकर अर्याल, श्री  मिसन महत निर्वाचित भएका छन् ।