Media Network

चितवन राष्ट्रिय निकुञ्जभित्र आजदेखि पर्यटकीय गतिविधि बन्द


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बुधबारदेखि पर्यटकीय गतिविधि बन्द गरिएको छ । मनसुन सुरु भएको कारण जनाउँदै निकुञ्जले पर्यटकीय गतिविधि बन्द गरेको हो । 

वर्षा लागेसँगै कच्ची वनपथ बिग्रने, जंगलका स–साना खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भन्दै पर्यटकीय गतिविधि बन्द गरिएको छ । 

बुधबारदेखि अर्को सूचना नभएसम्मका लागि निकुञ्जभित्र गरिने जंगल सफारी लगायतका पर्यटकीय गतिविधि बन्द गरिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

निकुञ्जले पर्यटकीय गतिविधि बन्द गरे पनि पर्यटन ब्यवसायीहरुले भने अनभिज्ञता प्रकट गरेका छन् । सौराहाका पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न संघसंस्थाले पर्यटकीय बन्द गरिनु सान्दर्भिक नहुने भन्दे फिर्ता लिन माग गरेका छन् । उनीहरुले सोमवार निकुञ्जलाई ध्यानाकर्षणपत्रसमेत बुझाएका थिए ।

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै एक लाख ५९ हजार आठ सय ८१ पर्यटकले भ्रमण गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद