चौधरी ग्रुपलाई बंगलादेश बैंकको शेयर नबेच्न अदालतको आदेश


खबरस्टोरी संवाददाता
२८ पुष २०७८, बुधबार
चौधरी ग्रुपलाई बंगलादेश बैंकको शेयर नबेच्न अदालतको आदेश

काठमाडौं । चौधरी  ग्रुपलाई नेपाल बङ्गलादेश बैंकमा रहेको आईएफआईसी बैंकको सेयर खरिद बिक्री प्रक्रिया रोक्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।

अदालतको आदेशपछि नेपाल बङ्गलादेश बैंक ४१ प्रतिशत सेयर बिक्री रोकिएको हो । आईएफआईसी बैंक करिब ४१ प्रतिशत सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो ।काठमाडौं जिल्ला अदालतले पौष २७ गते आदेश दिँदै सेयर बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनि आदेश दिएको छ । अदालतले ७ दिनभित्रमा नेपाल बङ्गलादेश बैंकलाई लिखित जवाफ पेश गर्नसमेत आदेश दिएको छ ।