अभय प्र. गोर्खाली, डाबर नेपालका मार्केटिङ्ग प्रमुखले भने, रियल पेट बोतलको लञ्च गहन बजार अनुसन्धानको प्रतिफल हो, जहाँ उपभोक्ताको पेट बोतलप्रतिको लगाव ज्यादै उच्च थियो, उनले भने बजार अग्रणी भएको नाताले प्याकेजिङलाई विस्तारीत गरी नयाँ आकर्षक स्वरुप– पेट बोतल मार्फत पारखी नेपाली उपभोक्ताहरुको मुखै रसाउने स्वादिलो फ्रुट जुस प्रदान गर्नु हाम्रो दायित्व पनि हो । आकर्षक मूल्य र गुणस्तरीय उत्पादनको साथ प्रस्तुत गरिएको रियल म्याङ्गोपेटका साथ हामीले बजारका अन्य साधारण सफ्ट ड्रिङ्क्स (जो त्यति स्वास्थ्यवद्र्धक मानिदैन) को केही मार्केट शेयर लिने लक्ष्य लिएका छौं ।
रियल पेटलाई टेष्ट द फन ट्यागलाइनका साथ स्वादिलो÷टेष्टी र फन जुसकोरुपमा परिचित गरिएको छ र यसलाई अन द गो मै हुने युवाहरु प्रतिलक्षितग रिएको छ । सिने जगतको प्रख्यात अभिनेत्री आँचल शर्मा र चिर–परिचित गायक सुशान्त केसीलाई मिलेनियलहरुसँग कनेक्ट भएको कारणले ब्राण्डले सेलिब्रटी अनुमोदनकर्ताकोरुपमा लिएको छ । नयाँ पेट २०० एमएल, ५०० एमएल र एक लिटर बोटलमा क्रमशः ३५, ८५ र एक सय ५० रुपैंयाँमा उपलब्ध रहेको छ ।