Media Network

एभरेष्ट इन्स्योरेन्सको विशेष साधारणसभा सम्पन्न


खबरस्टोरी संवाददाता

२ असार २०७९,बिहीबार

काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको असार दुई गते बिहिबार अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा बिशेष साधारण सभा सम्पन्न गरेको हो । 

सभाले एभरेष्ट इन्स्योरेन्स कम्पनी लि. र हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लि. बिच एक आपसमा गाभ्ने  विशेष प्रस्ताव सर्वसम्मत पारित गर्नुका साथै सम्पत्ति दायित्व मुल्यांकन दायित्य (डिडिए) कर्ताको नियुक्ति तथा निजको पारिश्रमिक, सेयर आदानप्रदान अनुपात, मर्जरपछि बन्ने संस्थाको संचालक समिति तथा सेयर आदान प्रदान अनुपात लगायतका सम्पूर्ण विशेष प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । 

सभाले मर्जर पछि बन्ने संस्थाको नाम “हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड” रहने प्रस्ताव समेत सर्वसम्मत पारित गरेको जानकारी दिएको छ ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद