Media Network

उद्योग वाणिज्य महासंघको साधारणसभा सोमवारदेखि शुरु


खबरस्टोरी संवाददाता

२८ चैत्र २०७८,सोमबार

काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ५६ औं वार्षिक साधारणसभा भोलि (सोमवार)देखि काठमाडौंमा शुरु हुँदैछ । वार्षिक साधारणसभाको समुद्घाटनसगै उद्योग वाणिज्य दिवस २०७८ को पनि समुुद्घाटन हुनेछ । 

वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवसको संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले उदघाटन गर्ने भएका छन् । साधारणसभाको उदघाटन सोमबार विहान ११ः३० बजेदेखि होटल सोल्टी ताहाचलमा विशेष समारोहकाबीच हुनेछ । 

साधारणसभाको उद्घाटन समारोहका लागि विभिन्न मन्त्रीहरु, सांसदहरु, संवैधानिक निकायका पदाधिकारीहरु, नेपाल सरकारका वरिष्ट अधिकारीहरू, नीति निर्माता, अर्थविद, उद्यमी व्यवसायी लगायत महत्वपूर्ण ब्यक्तिलाई निमन्त्रणा गरिएको आयोजकले जनाएको छ ।  

निजी क्षेत्रका लागि महत्वपूर्ण कार्यक्रमको रुपमा लिइने महासंघको वार्षिक साधारणसभामा भाग लिन मुलुकभरबाट उद्योगी व्यवसायीहरू काठमाडौंमा आएका छन् । साधारणसभामा महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्यहरू समेत गरी करिव १ हजार ५ सय उद्यमी व्यवसायीको उपस्थिति रहने छ । 

उदघाटन कार्यक्रमपछि अहिलेका महत्वपूर्ण विषयहरुमा सरकार, नीति निर्माता, उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद् छलफल गरिने छ । विशेषसत्रमा तरलता एवं वाह्य क्षेत्र व्यवस्थापन, प्रतिस्पर्धी उत्पादनमुलक उद्योग र वैदेशिक लगानीको सम्भावना र चुनौती विषयमा छलफल गरिने छ । 

विक्रम सम्वत २०२२ सालमा स्थापना भएको नेपाल उद्योग वाणिज्य महासंघले आफ्नो स्वर्ण वर्ष मनाइसकेको छ । महासंघको सदस्य पछिल्लो तथ्याङ्क जिल्ला नगर वाणिज्य संघ ११८, वस्तुगत संघहरु १२३, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ २०, एसोसिएट सदस्य १७४८ रहेको छ ।    


Share:
Reaction :
ताजा समाचार
खेलकुद