Media Network

एक सय पाँच अंकले बढ्यो नेप्से, सबै परिसूचक हरियाली


खबरस्टोरी संवाददाता

१६ माघ २०७८,आईतवार

काठमाडौं।  साताको पहिलो दिन सेयर बजार एक सय पाँच अंकले बढेको छ । नेप्सेका सबै परिसूचक हरियाली छाएको छ । 

आइतबार कारोबार बन्द हुने समयमा नेप्से १०५ दशमलव ५५ अंकले बढेर २८ सय ८५ बिन्दुमा पुगेको छ । नेप्सेमा ३ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार बैंकिङ, ट्रेडिङ, विकास बैंक, इन्भेस्टमेन्ट, हाइड्रोपावरलगायत सबै सूचकमा वृद्धि भएको छ । सबैभन्दा बढी विकास बैंकको सूचक ६ दशमलव ५६ अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी निफ्रा जलविद्युत १० अंकले बढेको छ । आइतबार एक करोड २१ लाखभन्दा बढी सेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाखभन्दा बढीको कारोबार भएको छ । सरकारले स्थानीय तहको निर्वाचन जेठमै गर्ने तयारी गरेसँगै सेयर बजारमा सुधार देखिएको विश्लेषकहरूले बताएका छन् ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद