बैंकले उक्त शाखा स्थानान्तरण सम्बन्धी औपचारिक कार्यक्रम मंगलवारका दिन सम्पन्न गरेको छ । उक्त शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र वैंकका संचालक सुषमा शर्मा वस्तीले संयुक्तरुपमा गरेका हुन् ।
आर्थिक र व्यापारिक दृष्टिकोणले प्रमुख भुमिका भएको शहर विराटनगरमा अवस्थित उक्त शाखाबाट ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप योजना मार्फत रकम जम्मा गर्न सक्ने साथै आफ्नो आवश्यकता वमोजिम आवाश, सवारीसाधन, व्यक्तिगत, व्यापारिक लगायत कर्जा सुविधा लिन सक्ने सुविधा प्रदान गरेको बैंकले जानकारी दिएको छ । साथै बैंकले एबिबिएस, सि आस्वा, अँईपिएस, कनेक्ट आईपिएस, अनलाईन क्यिरिङ, क्यु आर कोड तथा स्मार्ट मोवाईल वैंकिगं भारत र भुटानसमेतमा प्रयोग गर्न सकिने सुविधा सहितको भिसा डेविट कार्ड रेमिटान्स सेवा लगायतका अधिकांश वैंकि¨ सेवाहरु उक्त शाखा कार्यालयबाट प्रदान गरिदै आएको जानकारी दिएको छ ।
बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग १० अर्ब ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग ११ अर्ब २७ करोड रुपैंयाँ रहेको छ । झापाको विर्तामोडमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल झापा, इलाम, मोर¨, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा अवस्थीत आफ्ना शाखा कार्यालयहरु मार्फत ग्राहकहरु समक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङ जिल्लाको पथरीमा थप न‘या शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्य संजाल वृद्धि गर्ने उदेश्यका साथ पुँजी वृद्धि योजना अघि बढाएको छ ।
बैंककी संचलिका सुषमा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न भएको शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेको तथा बैंकको वर्तमान गतिविधिहरुका बारेमा प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले प्रकाश पार्नु भएको थियो उक्त कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा.रुपकप्रसाद खनाल र उद्योगी–व्यावसायी श्याम प्रसाद पौडेल लगायतले शुभकामना सहितको मन्तव्य राखेका थिए भने प्रमुख अतिथी मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले आफ्नो मन्तव्य सहित शुभकामना प्रदान गरे । उक्त उदघाट्न कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराले गरेका थिए ।