Media Network

एकैदिन ७७ अंकले ओलिंयो सेयर बजार


खबरस्टोरी संवाददाता

२७ असार २०७९,सोमबार

काठमाडौं। नेप्से उच्च अंकले घटेको छ । आज सोमबार नेप्से ७७ दशमलव एक अंकले घटेर १९ सय १५ दशमलव ६१ अंकमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १३ दशमलव तीन अंकले घटेर तीन सय ६६ दशमलव ८६ अंकमा खुम्चिएको छ । 

दुई सय २७ वटा कम्पनीह्रुको ४५ हजार एक सय ९६ पटकको कारोबारमा आज ६३ लाख १३ हजार छ सय ४१ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, टे«डिङ, उत्पाादनमुलक, सहितका १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुुरै रातो भएको छ । 

यसैगरी आज कारोबार भएका कुल कम्पनीहरु मध्ये सानिमा बैंकको ऋणपत्र, बैंक अफ काठमाडौंको ऋणपत्र, नविल इक्विटी फण्ड, मानुषी लघुवित्त वित्तीय संस्था आदिले कमाएका छन् भने सामलिङ पावर लिमिटेड, माउन्टेन हाईड्रो नेपाल लिमिटेड, तेह्थुम पावर लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था आदिले गुमाएका छन् । हिमालयन डिष्ट्रिलरी प्राली, अपरतामाकोशी हाईड्रो पावर कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद