एक्यान चुनाव :महासचिवमा सिग्देल,उपाध्यक्षमा घिमिरे र कोषाध्यक्षमा बराल बिजयी !


खबरस्टोरी संवाददाता
१२ असार २०७९, आईतवार
एक्यान चुनाव :महासचिवमा सिग्देल,उपाध्यक्षमा घिमिरे र कोषाध्यक्षमा बराल बिजयी !
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को निर्वाचनमा उपाध्यक्ष पदमा सुशील घिमिरे बिजयी भएका छन् । निर्वाचनमा उनले प्रतिष्पर्धी तेज सुवेदीलाई पछि पार्दै जीत हासिल गरेका हुन् ।

त्यस्तै महासचिवमा प्रदीप सिग्देल बिजयी भएका छन् ।  शनिबार भएको निर्वाचनमा प्रतिष्पर्धी नारायण कंडेललाई ७ मतले पछि पार्दै उनी बिजयी भएका हुन् ।सिग्देलले ४४८ मत ल्याए भने कँडेलको ४४१ मत ल्याएका थिए । सिग्देल अवको दुई वर्षको लागि एक्यानको महासचिवका रुपमा रहनेछन् ।

 संघको कोषाध्यक्षमा बर्षा बराल बिजयी भएका छन् । निर्वाचनमा उनले प्रतिष्पर्धी मीरा पोखरेल लगायतलाई पछि पार्दै बिजयी भएकी हुन् ।एक्यानको अध्यक्षमा दीपक पाण्डे यसअघि नै निर्विरोध निर्वाचित भईसकेका थिए ।

यस्तै संघको कार्यकारी समितिको सदस्यमा शंकर अर्याल, बिबेक राम भण्डारी, सुजन सुवेदी र पृथ्वी पुन मगर निर्वाचित भएका छन् । यसअघि नै संघको कार्यकारी समिति सदस्यमा महिलातर्फ अस्मिता त्रिपाठी निर्विरोध निर्वाचित भईसकेकी थिइन् ।