‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरु गरिने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरु गरिने
काठमाडौं । सरकारले ‘एलपी ग्यास छोडौं, बिजुली जोडौं’ अभियान सुरु गर्ने भएको छ । खाना पकाउन विद्युतीय चुल्हो प्रयोगलाई प्रोत्साहन गर्दै आगामी साउनदेखि नै सिंहदरबार भित्र ग्यास प्रयोगमा रोक लगाइ विद्युतीय चुल्हो जडान गरिने जनाइएको छ । 

संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खाना पकाउने बायोग्यास र एलपी ग्यासको प्रयोगलाई निरुत्साहित गरिने बताए । 

सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई घटाएर विद्युतमा दिने जनाएको छ ।

यस्तै, सरकारले देशभर ४ सय वटा चार्जिङ स्टेशन बनाउन बजेट विनियोजन गरिएको छ ।

ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब विनियोजन गरिएको छ ।