Media Network

एनआईबिएल एस क्यापिटल र उपाय बिजनेस सोलुसनबीच सम्झौंता


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र उपाय बिजनेस सोलुुसन प्रा. लि बीच आफूले दिइरहेको सेवाहरुमा समन्वय गरेर दुवै संस्थाका ग्राहकहरु लाभान्वीत हुने गरी सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । उतम समझदारी पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र उपाय बिजनेस सोलुुसन प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक राजु केसीले हस्ताक्षर गरेका हुन् । 

सम्झौता पश्चात दुवै संस्थाका ग्राहकहरुको व्यवसायि जटिलताको वृहत रुपमा समस्या समाधान गर्नुका साथै धितोपत्र बजार तथा लगानी सम्बन्धी सम्पूर्ण सेवाहरु समेत प्रभावकारी रुपमा ग्राहकहरुलाई उपलब्ध गराइने भएको छ । भविष्यमा दुवै संस्थाका सहकार्यमा धितोपत्र बजार र लगानी सम्बन्धी सचेतनामूलक कार्यक्रमहरु पनि विभिन्न चरणमा संचालन गरिने समेत जानकारी गराइएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद