Media Network

एनआईसी एशिया लघुवित्तको मुनाफाबाट लाभांश प्रस्ताव 


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७र७८ को मुनाफाबाट ५ दशमलव ४१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको असोज १८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको आधारमा कर समेत उक्त अनुपातमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद