Media Network

फेरि बढ्यो पेट्रोलको भाउ, लिटरमा ८ रुपैयाँ बृद्धि (पत्रसहित)


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको भाउ बढाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२÷१२ रुपैयाँ बढाउने निर्णय गरेको आयल निगमले जनाएको छ । यसअघि जेठ १९ गते पूर्वाधार करबराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

बिहीबारको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल÷मट्टितेलको १ सय ६५ रुपैयाँ पर्नेछ ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद