Media Network

फेरि भारतबाट बढेर आयो पेट्रोलको भाउ


खबरस्टोरी संवाददाता

३ जेष्ठ २०७९,मंगलवार

काठमाडौ । नेपालले छिमेकी देश भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ ।

यसअघि हालै मात्र निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको थियो ।नेपाल आयल निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो । 

निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तिमा भारतीय निगमले पठाएको मूल्यसूचीअनुसार नयाँ खरिद लागत अनुसार प्रतिलिटर पेट्रोलमा २२ रुपैयाँ ९४ पैसा र डिजेलमा ३३ रुपैयाँ ३३ पैसा घाटा हुने देखिएको बताए । निगमले भारतबाट नै मूल्य बढेर आएकाले फेरि मूल्य बढ्ने संकेत गरेको छ । यद्यपि हालसम्म कुनै निर्णय भने भएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद