Media Network

फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीमा निगम


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौं । पछिल्लो समययता निरन्तर रुपमा बृद्धि भईरहेको पेट्रोलियम पदार्थको नेपाल आयल निगमले पुन मूल्य बढाउने तयारी गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो।  इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी निगमको छ ।

निगमले आइओसीलाई १६ अर्ब रुपैया तिर्नै बाँकी छ, यो जुन महिनाका लागि पहिलो किस्ता बापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ यहि ८ तारिखसम्ममा भुक्तानी गर्नुपर्ने निगमको बाध्यात्मक परिस्थिति रहेको निगम स्रोत बताँउछ ।

तर यत्रो रकम भुक्तानी गर्न नसक्ने अवस्थामा रहेको निगमले परल मूल्यमा इन्धन नबेच्ने हो भने इन्धनको बिक्रीवितरणमा थप असहजता पैदा हुने देखिन्छ ।निगमले आइओसीको बक्यौता तिर्न सरकारसँग २ अर्ब रुपैयाँ माग गरेतापनि सरकारले त्यसको सम्बोधन अहिलेसम्म गरेको छैन् ।

आइओसीले हिजै मात्र पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल  र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ। 

पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। निगमका अनुसार १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब नोक्सानी भइसकेको निगमको दाबी छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद