Media Network

ग्लोबल आइएमई बैंकको ४९औँ एक्सटेन्सन काउण्टर बिरुवाटारमा


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

 काठमाडौँ। सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ्ग  सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं ७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । 

बैंकको ४९औं एक्सटेन्सन काउन्टरको पालुङटार नगरपालिका मेयर दिपकबाबु कँडेलले उद्घाटन गरेका छन्। हाल ग्लोबल आईएमई बैंकले ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ। 

त्यस्तै बैंकले देशका ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित ब्यांकिङ सेवा, ४९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालन गरिरहेको छ।


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद