दुबै बैंकबीच बराबरी हैसियतमा मर्जर सहमति भएको हो। मर्जर सहमतिपत्रमा ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।
नयाँ बैंकको नाम ग्लोबल आइएमइ बिओके बैंक हुने बताइएकाे छ। बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ।
मर्जरसँगै बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ। पुँजीका हिसाबले मर्जरपछि बैंक सर्वाधिक ठूलो हुने छ।