राष्ट्र बैंकको भूमिका देशको अर्थतन्त्रमा गहन भएको कुरा जनाउदैँ सम्पूर्ण प्रशिक्षाथीहरुलाई इमान्दार एवम लगनशिल भएर काम गर्न उनले सुझाव दिए । उनले सूचना नै शक्ति भएको बताउदै आफुलाई निरन्तर अद्यावधिक बनाउनु पर्ने आवश्यकता रहेको बताए ।
प्रशिक्षण कार्यक्रम २०७८ चैत १० गते देखी २२ गते सम्म सञ्चालन हुने छ । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा एनबिआईका पूर्व सञ्चालक तुलसी प्रसाद घिमिरेले स्वागत मन्तव्य दिएका थिए । यसैगरी एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले पनि मन्तव्य राख्दै अध्ययन लाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको औल्याए ।