यसैगरी वार्षिक ९ प्रतिशत ब्याज दिने ‘विशेष गोर्खा पेन्सन बचत खाता’ सार्वजनिक गरेको छ । न्यूनतम पाँच हजार रुपैयाँमा खोल्न सकिने यो खातामा २ लाख रुपैयाँसम्मको दुर्घटना बिमा, पाँच लाखसम्मको दीर्घरोग बिमा, निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङ, लकर, डेबिट कार्ड, डिम्याट खाता लगायत सुविधा छन् ।
कम्पनीले ‘एकको दुई गोर्खाज दोब्बर मुद्दती खाता’ र ‘एकको तीन गोर्खाज तेब्बर मुद्दती खाता’ पनि सार्वजनिक गरेको छ । उक्त योजनाअनुसार बचत गरेको निक्षेप पाँच वर्ष नौ महिनामा दोब्बर र नौ वर्षमा तेब्बर हुने कम्पनीले जनाएको छ ।