Media Network

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा


खबरस्टोरी संवाददाता

८ बैशाख २०७९,बिहीबार

काठमाडौँ । भैरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विहीबारदेखि सञ्चालन हुँदैछ । एक हजार ५ सय मिटर लम्बाई रहेको पुरानो धावनमार्ग बन्द गरेर आजदेखि तीन हजार मिटर लामो नयाँ धावनमार्ग सञ्चालनमा ल्याउन लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

क्यालिब्रेशन उडान गरिसकेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग विहीबारबाट सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडान भने जेठ २ गतेदेखि मात्रै सञ्चालन हुनेछ । 

बुद्ध, यति, श्री, गुण र सौर्य गरी पाँच एयरलाइन्सले आजदेखि नयाँ धावनमार्गमा आन्तरिक उडान भर्दैछन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद