Media Network

गौतमबुद्ध विमानस्थलमा नेपाल एयरलाइन्सको वाइडबडी जहाज रनवेमा रोकियो


खबरस्टोरी संवाददाता

१५ बैशाख २०७९,बिहीबार

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी जहाज फर्किन सकेको छैन । रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ । त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन । यद्यपी जहाज भने सफल परीक्षण उडानसहित अवतरण गरेको छ ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज बिहीबार साँझ ५ः५५ बजे सफल अवतरण गरेको हो ।सो बिमान काठमाडौंबाट भैरहवामा ५० मिनेटमै अवतरण गरेको थियो ।

विमानस्थल गत बैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ ।आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ । जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको तीन दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति पाएको छ ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोद सिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद