Media Network

६ घण्टा फेसबुक नचल्दा ६ अर्ब घाटा 


खबरस्टोरी संवाददाता

१९ आश्विन २०७८,मंगलवार

न्युयोर्क । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सोमवार राती झण्डै ६ घण्टा अवरुद्ध भयो । 

नेपाली समयअनुसार सोमबार राती साढे नौ बजेदेखि फेसबुक, इन्टाग्राम र ह्वाट्सएप अवरुद्ध भएपछि प्रयोगकर्ताहरु दिक्दारी ब्यहोरे । 

सोमवार राती नै साफ च्यापियनसिप खेल अन्तर्गत नेपाल र श्रीलंका भिड्दै थिए । नेपालले राम्रो प्रदर्शन गरेको खेलको सामाजिक सञ्जालमा खुशी साट्न नपाएपछि नेपाली फेसबुक प्रयोगकर्ताहरु निराश बने । 

सामाजिक सञ्जालमा आएको गडबडीले प्रयोगकर्तालाई मात्र निराश बनाएन कम्पनीले पनि अर्बौं रुपैयाँ घाटा ब्यहोर्नु परेको छ । झण्डै ६ घण्टा अवरुद्ध हुँदा कम्पनीले ६ अर्ब बढी अमेरिकी डलर गुमाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । 

६ घन्टा अबरुद्ध हुँदा फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । नेटवर्कमा समस्याका कारण सामाजिक सञ्जालका ती साइट बन्द भएका थिए । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद