Media Network

घट्दो सेयर बजार चुनावको निश्चिततासँगै बढ्दो क्रममा


खबरस्टोरी संवाददाता

१८ माघ २०७८,मंगलवार

काठमाडौं\पछिल्लो समयमा स्थानिय निकायको चुनावको माहोलसँगै निकै उतारचढावमा रहेको सेयर बजार मंगलबारको कारोबारमा दोहोरो अंकले बढेको छ।मंगलबार १९.२६ अंकले बढेर बजार २८९१.३० बिन्दुमा पुगेको हो। मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ। जसमा १४८ कम्पनीको सेयर मूल्य बढेको छ, ३६ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। आइतबार १०५.५५ अंकले बढेको बजारमा सोमबार भने १४.४८ अंकले करेक्सन आएको थियो।

मंगलबार २९७५.७४ बिन्दुबाट कारोबार सुरु भएको थियो।बजार खुल्नेवित्तिकै दोहोरो अंकले घटेर २८५७.९५ बिन्दुमा ओर्लिएको थियो। मंगलबार बजार बन्द हुने समयमा उकालो लागेको हो। यसअघि पुस ५ गतेदेखि यता ५६२ अंकले बढेको बजारमा गएको साता आइतबारदेखि बिहीबारसम्मको कारोबारमा १५१.३२ अंकले गिरावट आएको थियो। तर यो साता आइतबारको बजारले भने सकारात्मक संकेत गर्दै वृद्धिमा सहयोग गरेको थियो। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद