घट्यो १३ अर्ब निक्षेप, ऋण प्रवाह ठप्प


खबरस्टोरी संवाददाता
१० चैत्र २०७८, बिहीबार
घट्यो १३ अर्ब निक्षेप, ऋण प्रवाह ठप्प
काठमाडौं– बैंकिङ प्रणालीबाट एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ। सबैभन्दा धेरै वाणिज्य बैंकहरूबाट निक्षेप घटेको छ। वाणिज्य बैंकहरुबाट एकैदिन १४ अर्ब निक्षेप घटेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार चैत ८ गतेसम्म ४८ खर्ब ९५ अर्ब निक्षेप पुगेकोमा चैत ९  गते ४८ खर्ब ८२ अर्बमा सीमित भएको छ। छोटो अवधिमा निक्षेपमा तलमाथि हुने नेपाल राष्ट्र बैंकले प्रवाह गरेको आपतकालीन सापटीका कारणले हो। राष्ट्र बैंकले १५ दिनका लागि यस्तो सुविधा दिएको हुन्छ। बैंकहरूले भुक्तानी गरेको दिन यस्तो निक्षेप घट्छ भने फेरि राष्ट्र बैंकले सुविधा दिएपछि प्रणालीमा आउँछ। सो अवधिमा ऋण प्रवाह भने ठप्प भएको छ।