Media Network

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७८,सोमबार

काठमाडौँ। नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेर रु ९४ हजार ३०० तोकिएकोे छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९४ हजार ६००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ८०० तोकिएको छ जसको मूल्य आइतबार प्रतितोला रु ९४ हजार १००  थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ले घटेर रु एक हजार २८० तोकिएको महासङ्घले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद