Media Network

घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता

२१ माघ २०७८,शुक्रबार

काठमाडौं– साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य घटेको छ। शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँ घटेको हो। बिहीबार ९२ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

यस्तै चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेर १२ सय ५० रुपैयाँ तोकिएको छ। बिहीबार चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद