Media Network

हुम्लामा सिमेन्टको मूल्य ६१ प्रतिशतले सस्तो


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। हिमाली जिल्ला हुम्लामा सिमेन्टको मुल्य ६१ प्रतिशत भन्दा बढीले सस्तो भएको छ । जिल्लाको दक्षिणी क्षेत्र सडक सञ्जालसँग जोडिनुु र छोटो दुरीबाट खच्चडमा सिमेन्ट ढुवाँनी गर्न थालिएपछि मुल्य सस्तिएको हो । 

निर्माण व्यवसायी सरोज रावतले हवाई मार्गबाट ढुवाँनी भएर आउने सिमेन्ट भन्दा पैदल मार्गबाट गाडी र खच्चडमा ढुवाँनी भएर आउने सिमेन्टको मुल्य ६१ प्रतिशत मुल्य सस्तो पर्ने गरेको बताए। उनले यसरी पैदल मार्गबाट जिल्लाको दक्षिणी क्षेत्रको सलीसल्ला हुँदै दुल्ली कुनासम्म गाडीमा आउने सिमेन्ट त्यसयता खच्चडमा ढुवाँनी गरेर ल्याएको सिमेन्टको मुल्य प्रति बोरा तीन हजार सात सय पर्ने गरेको बताए । जब कि नेपालगंजबाट हवाई मार्गबाट ढुवानी भएर आउने सिमेन्टको मुल्य प्रति बोरा छ हजार रुपियाँ पर्ने गर्छ । 

सिमेन्टको मुल्य सस्तिएसँगै विकास निर्माणका काम र ब्यक्तिगत रुपमा गरिने विकासे कामको लागत पनि सस्तो भएको छ । निर्माण ब्यवसायीले चार सय बोरासम्म पैदल मार्गबाट आएको सिमेन्ट खरिद गर्ने गरेका छन् । हाल दैनिक ८० भन्दा बढी खच्चडले सिमेन्ट ढुवाँनी कार्य गर्दै आएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद