Media Network

हिमालयन र इन्भेस्टमेन्ट बैक बीचको मर्जर तोडियो


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौं\  विगत लामो समयदेखि मर्जको तयारीमा रहेका हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकको मर्जर तोडिएको छ। हिमालयन बैंकभित्रै आन्तरिक विवाद बढ्दै गएपछि तत्कालका लागि मर्जरमा नजाने संकेत देखिएको छ ।

गत वैशाख ३० गते उक्त बैंकबीच मर्जर गर्न सम्झौता भएको थियो। तर हिमालयन बैंकको २९औं वार्षिक साधारणसभाले मर्जरको प्रस्तावलाई अस्वीकार गरेपछि सो प्रक्रिया अन्तत् भंग भएको छ ।बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग हुन लागेको मर्जसम्बन्धी विशेष प्रस्ताव स्वीकार गर्न कोरम नपुगेकाले अस्वीकार भएको बताउँछन्। उनका अनुसार सभामा उपस्थित सेयरधनीमध्ये ७५ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र सो प्रस्ताव स्वीकृत भएको मानिने व्यवस्था  छ। 

ं। ‘नेपाल इन्भेस्टमेन्ट बैंकले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्दा तिनुपर्ने कर नतिरेकोमा महालेखाले बेरुजु देखाएको छ। हिमालयन बैंकभित्र मर्जर नहुने पक्षमा सरकारी स्वामित्वको संंस्था कर्मचारी सञ्चय कोषसमेत रहेको छ। 

यता बैंकको साधारणसभाबाट २६ प्रतिशत लाभांशको प्रस्ताव पारित भएको छ। बैंकको साधारणसभाले २१.३८ प्रतिशत बोनस सेयर र ४.६२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ। तर मर्जर प्रस्ताव अस्वीकार भएकाले उक्त लाभांश वितरणमा रोक लाग्ने देखिन्छ। किनभने नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्तिसम्बन्धी विनियमावलीले सम्झौतापछि मर्जर तथा प्राप्ति नभएमा कार्बाही गर्ने व्यवस्था छ। 

यसर्थ अब मर्जर बीचैमा तोड्ने हिमालयन बैंकलाई कार्बाही बढी पर्ने भएको छ। विनियमावलीअनुसार बैंकलाई तीन वर्षसम्म थप शाखा कार्यालय खोल्न पाउने छैन। साथै केन्द्रीय बैंकबाट पाउन पुनर्कर्जा, स्थायी तरलता सुविधालगायतका नियामकीय सुविधाबाट पनि वञ्चित हुनुपर्ने हुन्छ। 



Share:
Reaction :
ताजा समाचार
खेलकुद