Media Network

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम चरणमा, रोक्का भएको २८ करोड कित्ता सेयर खुल्ने अनिश्चित


खबरस्टोरी संवाददाता

७ पुष २०७८,बुधबार

काठमाडौं– हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरको अन्तिम चरणमा पुगेको छ । बैक मर्जरको अन्तिम चरणमा पुगेतापनि विवादका कारण प्रक्रिया अगाडि बढ्न नसकेपछि लाखौँ सेयर लगानीकर्ताहरू कारोबार गर्नबाट बञ्चित बनेका छन् ।

गत आइतबार हिमालयन बैंकको सञ्चालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गरेको थियो । बैंक मर्जरमा पुगेपछि मात्रै दुई बैकको रोक्का भएको झण्डै २८ करोड कित्ता कारोबार नेप्सेमा एचएनआईबी नामबाट सञ्चालनमा आउने छ ।बैंक सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पास गर्दै साधारणसभा बोलाउने निर्णय समेत गरेको छ। हिमालयनको १० करोड ६८ लाख ४४ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत छ। भने बैंकको१ ० अर्ब ६८ करोड रुपैयाँ चुक्तापुँजी समेत रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको १६ करोड २५ लाख कित्ता नेप्सेमा सूचीकृत छ। बैंकको चुक्तापुँजी १६ अर्ब २५ करोड रुपैयाँ रहेको छ। मर्जपछि बैंकको चुक्तापुँजी २८ अर्ब हुनेछ। यसअघि नै हिमालयन बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत लाभांश दिने निर्णय गरिसकेको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद