Media Network

हिमालयन र सिभिल बैंक गाभिने सहमति


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं।  सिभिल बैंक र हिमालयन बैंकबीच गाभ्ने र गाभिने विषयमा सहमति भएको छ। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले यससम्बन्धी प्रारम्भिक समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका हुन् ।

यी दुवै बैंकबीच भएको समझदारीअनुसार हिमालयन बैंकले अब सिभिल बैंकको सेयर प्रतिकित्ता ८१ रुपैयाँका आधारमा कारोबार गर्नेछ । 

गाभिएपछि बैंकको नाम भने हिमालयन बैंक नै रहनेछ । सञ्चालक समिति हिमालयन बैंककै रहने गरी भएको समझदारीअनुरूप समिति अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणा बन्नेछन् ।

हिमालयन बैंकको चुक्तापुँजी १२ अर्ब ९६ करोड तथा सिभिल बैंकको नौ अर्ब सात करोड रुपैयाँ छ भने १००ः८१ का दरले पुँजी समायोजन हुँदा सिभिलको करिब सात अर्ब ३५ करोड रुपैयाँ हुनेछ । यसअनुसार नयाँ बन्ने बैंकको पुँजी २० अर्ब ३० करोड रुपैयाँभन्दा माथि हुने देखिएको छ ।

लगानीतर्फ हिमालयन बैंकको एक खर्ब ५८ अर्ब र सिभिल बैंकको ८६ अर्ब ७४ करोड रुपैयाँ छ । निक्षेपतर्फ हिमालयन बैंकको एक खर्ब ७२ अर्ब तथा सिभिल बैंकको ९३ अर्ब ३३ करोड रुपैयाँ रहेको जनाइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद