Media Network

हिमालयन र सिभिल बैकबीच मर्जरको लागि तय भएको सम्झौता रोकियो


खबरस्टोरी संवाददाता

२४ असार २०७९,शुक्रबार

काठमाडौं ।  हिमालयन बैंक र सिभिल बैंकबीच मर्जर प्रक्रियाको आजका लागि तय भएको सम्झौता रोकिएको छ। 

डीडीए गरेपछि अहिले तय भएको स्वाप रेसियो घट्नेसक्ने प्रस्ताव हिमालयनले गरेपछि शुक्रवार हुने भनिएको मर्जर सम्झौता रोकिएको हो ।सम्झौताको तयारी भइसकेपछि हिमालयन बैकले एकाएक ल्याएकोे नयाँ प्रस्तावले तत्कालको लागि तय भएको सम्झौता स्थगित भएको हो ।

यसअघि मंगलबार साँझ बसेको दुवै बैंकका व्यवस्थापकहरुको बैठकले मर्जरमा जाने सहमति गरेका थिए। हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको छ। बैंकले असोजभित्रै एकीकृत कारोबार गर्नेसमेत तयारी गरेका थिए।

नाफा र सूचकमा आक्रामक विस्तार गरेको सिभिल बैंकले पनि मर्जरमा हिमालयन बैंकलाई नै प्राथमिकतामा राखेको छ। इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएको हिमालयन बैंकले जसरी पनि एक बैंकसँग मर्जरमा जानुपर्ने छ। 

मर्जरमा खासगरी सिभिल बैंकका सेयरधनीलाई फाइदा हुने देखिएको छ। सिभिल बैंकको सेयर मूल्य कम भएकोले पनि हिमालयनसँग मर्ज भएपछि लगानीकर्तालाई फाइदा हुनेछ। सिभिलको सेयर मूल्य बिहीबार २११ रुपैयाँमा कारोबार भएको थियो। यता हिमालयनको भने ३०१ रुपैयाँमा कारोबार भएको थियो।


मर्जरपश्चात २२ अबको चुक्ता पुँजीको बैंक 

हिमालयन र सिभिल मर्जर भएमा दुई बैंकको चुक्ता पुँजी २२ अर्ब हुनेछ। सिभिल बैंकले तेस्रो त्रैमासमा ८० प्रतिशतले नाफा बढाएको थियो। बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार ९० करोड नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ५० करोड थियो।

सिभिल बैंकको चुक्ता पुँजी ९ अर्ब ७ करोड रहेको छ।  वित्तीय विवरणअनुसार सिभिल बैंकको ईपीएस १३ रुपैयाँ २८ पैसा छ। 

हिमालयन बैंकको चैतमसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो। प्रतिसेयर आम्दानी १४.३१ रुपैयाँ रहेको छ। बैंकको एकवर्षपछि सोमबार पहिलो कारोबार भएको थियो। दोस्रो बजारमा कारोबार सुरुभएसँगै सेयर मूल्यमा भारी गिरावट आएको छ। बैंकको चुक्ता पुँजी १२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद