हिमालयनमा गाभियो सिभिल बैंक, बिहीबारदेखि सिभिलको कारोबार रोक्का


खबरस्टोरी संवाददाता
३० असार २०७९, बिहीबार
हिमालयनमा गाभियो सिभिल बैंक, बिहीबारदेखि सिभिलको कारोबार रोक्का
काठमाडौं । हिमालयन बैंकमा सिभिल बैंक गाभिने गरी सम्झौता भएको छ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने सम्झौतापत्रमा बुधबार सम्झौता भएसँगै सिभिल हिमालयन बैकमा गाभिने भएको हो ।

 गत शुक्रबार हुने भनिएको प्राप्ति सम्झौता रोकिएपछि मक्रिया स्थगित बनेको थियो । हिमालयन र सिभिल बैंकबीच १००ः८१ अनुपातमा मर्जर सहमति भएको हो। गाभिएसँगै अब हिमायलनकै सञ्चालक समिति रहने छ भने नाम पनि हिमालयन बैंक नै रहनेछ। 

काठमाडौको होटल याक एण्ड यतिमा बैकका दुईपक्षबीच सम्झौता गरिएको हो। सम्झौतासँगै सिभिल बैंकको सेयर कारोबार भने रोक्का हुनेछ। हिमालयनले सिभिल प्राप्ति गरेपछि चुक्ता पुँजी २२ अर्ब हुनेछ। सीईओ हिमालयनका अशोक राणा नै रहने छन् भने डेपुटी सीईओ भने सिभिलका सीईओले पाउने छन्।