Media Network

हावाहुरीबाट पाँच करोड रुपैयाँको केरा खेती नष्ट


खबरस्टोरी संवाददाता

२१ बैशाख २०७९,बुधबार

काठमाडौँ । बाराको निजगढ नगरपालिकामा हावाहुरीको कारणले करिव पाँच करोड रुपैयाँ बराबरको केरा खेती नष्ट भएको छ । पानीसँगै आएको हावाहुरीले पाँच करोड रुपैयाँ बराबरको केरा खेतीमा क्षति गरेको हो । 

पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी रुपैयाँ बराबरको केरा खेती नष्ट भएको निजगढ नगरपालिका–९ का कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । 

उनका अनुसार निजगढमा करिब १२ सय बिघामा केरा खेती गरिएको मध्य करिब १२० बिघामा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । भर्खर पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढलेको किसानहरूले बताएका छन् । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढ नगरपालिकामा एक बिघा जमिनमा किसानले एक सिजनमा चारदेखि ६ लाखसम्म आम्दानी गर्दै आएका थिए । 

तर, बेच्ने बेला आएको हुरीले किसानको केरा खेतीमा क्षति गरेको र किसानहरू समस्यमा परेको निजगढ नगरपालिका–९ का केरा खेती किसान मानबहादुर श्रेष्ठले बताए । 

उखुबाट पीडित अधिकाशं किसानहरूले केरा लगाएको, तर केरा खेती पनि हावाहुरी र असिनाले नष्ट गरेपछि यहाँका किसानहरूलाई समस्या परेको अर्का किसान नानी सञ्जेलले बताए । उनले केरा खेतमा ठुलो क्षति भएको कारण राज्यले किसानलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने माग गरेका छन् । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद