यस योजना अन्तरगत मनकामना केबलकारको टिकट काट्दा एक जनाले हिराको हार, एक जनाले आइफोन १३, एक जनाले स्मार्ट टिभि र एक जनाले वासिङ्ग मेसिन जित्न सकिने छ । साउन ३१ गतेसम्म सञ्चालन हुने यस योजनामा विजेता चार जनाले आफुले रोजेको पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
विजेताहरु गोलाप्रथामार्फत चयन गरिने छ । यस योजनामा इ सेवामार्फत मनकामना केबलकारको टिकट खरिद गर्ने व्यक्ति सहभागी हुनेछन् । यस योजनामा सहभागी हुन इ सेवामा प्रमाणित भएको हुनुपर्नेछ । अनलाइनमार्फत कारोबारमा प्रोत्साहन गर्नका लागि इ सेवाले विभिन्न समयमा यस किसिमका कार्यक्रम सार्बजनिक गर्दै आएको छ ।
ई–सेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आईओएस् मोबाइलमा करिब १० लाख गरी ६० लाख बढि ग्राहकलाई एप्स मार्फत सेवा प्रदान गरिरहेको छ । ई–सेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।