Media Network

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन खुल्ला


खबरस्टोरी संवाददाता

२६ माघ २०७८,बुधबार

काठमाडौँ। इमर्जिङ्ग नेपाल लिमिटेडले आज (बुधवार)देखि आईपीओ निष्कासन तथा विक्री खुला गरेको छ । कम्पनीले ५ करोड ५५ लाख ६० हजार कित्ताका लागि आवेदन खुल्ला गरेको हो।

यसमध्ये ११ हजार १ सय १२ कित्ता सेयर कम्पनीको कर्मचारीको लागि, २७ हजार ७ सय ८९ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७ सय ८ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा १० देखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ। प्रतिकित्ता १ सय रुपैयाँ रहेको यसमा १ हजारदेखि १ लाख रुपैयाँसम्म लगानी गर्न सकिनेछ। कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल हो।

Share:
Reaction :
ताजा समाचार
खेलकुद