यो कम्पनीको आईपीओ शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतसँगै आइतबारबाट कारोबारमा आउने भएको हो। नेप्सेमा यो कम्पनीको संस्थापक समूहको ५० लाख ४०० कित्ता र सर्वसाधारण समूहको ५ लाख ५५ हजार ६०० कित्ता गरी कुल ५५ लाख ५६ हजार कित्ता सेयर सूचीकृत भएको छ। नेप्सेमा सूचीकृत भई पहिलो कारोबारका लागि यो कम्पनीले न्यूनतम १०५.११ रुपैयाँदेखि अधिकतममा ३१५.३३ रुपैयाँ ओपनिङ रेन्ज पाएको छ। यदि स्पेसल प्रि–ओपन सेसनमा तोकिएको रेन्जभित्र सेयर किनबेच भएमा नियमित समयका लागि यो कम्पनीको सेयर कारोबारमा आउनेछ।
गत माघ २६ गतेबाट कम्पनीले फागुन १ गतेसम्म ५ करोड ५५ लाख ६० हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ बिक्री गरेको छ।धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले यो आईपीओ गत फागुन ४ गते बाँडफाँड गरेको थियो।