इमर्जिङ नेपालको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल


खबरस्टोरी संवाददाता
९ फाल्गुन २०७८, सोमबार
इमर्जिङ नेपालको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ।

कम्पनीले आज फागुन ९ गतेदेखि लागू हुने गरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ। अब एनआईसी एशिया क्यापिटलले इमर्जिङ नेपालको सेयर रजिस्ट्राअन्तर्गतका धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने, सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेलगायत सम्पूर्ण कार्यहरु गर्नेछ।