Media Network

इन्धन खरिदका लागि ऋण खोज्दै निगम


खबरस्टोरी संवाददाता

२ बैशाख २०७९,शुक्रबार

काठमाडौं । नेपाल आयल निगमले इन्धन खरिदका लागि सरकारसँग ऋण माग गरेको छ।

घाटामा चलिरहेको निगमसँग तेल खरिदका लागि रकम अभाव भएसँगै सरकारसँग दुई अर्ब रुपियाँ ऋण माग गरेको हो ।निगमका अनुसार सञ्चित कोष र मूल्य स्थिरीकरण कोषमा भएको रकम सकिएपछि सरकारको जमानीमा राष्ट्रिय वाणिज्य बैङ्कमार्फत दुई अर्ब ऋण माग गरिएको छ ।

यतिबेला निगमसँग भएको १९ अर्ब सञ्चित मुनाफा र मूल्य स्थिरीकरण कोषमा भएको १४ अर्ब रुपियाँ सकिसकेको छ । पछिल्लो एक वर्षदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गए पनि सोअनुसार स्थानीय बजारमा मूल्य समायोजन नहुँदा निगम घाटामा छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद