इन्धनको मुल्य बढेसँगै सार्वजनिक यातायातको भाडा ७.७ प्रतिशतले वृद्धि


खबरस्टोरी संवाददाता
६ असार २०७९, सोमबार
इन्धनको मुल्य बढेसँगै सार्वजनिक यातायातको भाडा ७.७ प्रतिशतले वृद्धि
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि बृद्धि भएको छ। 

यातायात व्यवस्था विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक यातायातमा ५.३ प्रतिशतदेखि अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ। अन्तरप्रदेश सार्वजनिक यात्रुबाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ। 

पहाडी बाटोमा चल्ने मालबाहक सवारीमा ६.९४ प्रतिशत तथा तराईका बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ७.७ प्रतिशत भाडा बढेको छ। नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २१ रूपैयाँ तथा डिजेल÷मट्टितेलमा २७ रुपैयाँ मुल्य बढाएको थियो ।