Media Network

इन्धनमा मुल्यबृद्धि, पेट्रोलमा प्रतिलिटर २१ र डिजेलमा २७ रुपैयाँले बढ्यो


खबरस्टोरी संवाददाता

६ असार २०७९,सोमबार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको इन्धनमा मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो भने पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरानै यथावत रहेको छ ।

पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ । भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुर्याएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद