एकसाथ जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्। जी– ७ समूहका सदस्य राष्ट्रले रूसबाट अर्बौ डलर बराबरको सुन आयात गर्दै आएका छन्।
सुरूमा बेलायतले रसियाली सुन आयातमा प्रतिबन्ध लगाएको थियो। यसपछि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका हुन्। ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो। यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो।
अमेरिकी राष्ट्रपति बाइडेनले जी सेभेनका अन्य सदस्य राष्ट्र जर्मनी, फ्रान्स र इटालीलाई पनि प्रतिबन्धमा सामेल हुन सुझाव दिएका छन्।