Media Network

जाल्पा सामुदायिक लघुवित्तको आईपिओ बाँडफाँड आज


खबरस्टोरी संवाददाता

१ फाल्गुन २०७८,आईतवार

 काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज आइतबार (फागुन १ गते) साँझ ५ बजे बाँडफाँट हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो । 

कम्पनीको आईपिओमा माग भन्दा ६६.६५ गुणा बढीको आवेदन परेको छ। कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५ सय ४० जना आवेदकले ३ करोड २५ लाख २० हजार ५ सय ८० कित्ताको लागि आवेदन दिएका छन्। 

कम्पनीले माघ २१ गतेदेखि प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो। जस मध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याईएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन्। 

माग भन्दा बढीको आवेदन परेकोले यस कम्पनीको आईपिओ गोलाप्रथाबाट वितरण हुने छ। ४८ हजार ७ सय ९० जना आवेदकले मात्र १० कित्ताको दरले शेयर पाउने छन् भने २६ लाख बढी आवेदक हात खाली हुने छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद