Media Network

जोन्टा क्लब अफ काठमाडौँमा राष्ट्रपति भण्डारी


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोन्टा इन्टरनेशनल र जोन्टा डिस्ट्रिक्ट २५ का प्रतिनिधिहरू सम्मिलित जोन्टा क्लब अफ काठमाडौँको एरिया २ बैठकलाई सम्बोधन गरेकी छन् । 

प्रतिनिधिहरूले जोन्टा इन्टरनेशनल, जोन्टा डिस्ट्रिक्ट २५ र जोन्टा क्लबहरूले महिला र बालिका सशक्तिकरणका लागि गरेका विभिन्न कार्यहरूबारे राष्ट्रपति महोदयलाई जानकारी गराएका थिए । बैठकमा सम्माननीय राष्ट्रपतिले महिला र बालबालिकाका लागि देशको प्राथमिकताका बारेमा सुझाव प्रदान गरिन् ।  

जोन्टा क्लबको एरिया २ (नेपाल र बंगलादेश) को डिस्ट्रिक्ट २५ को बैठक ‘शिक्षा, सशक्तिकरण र प्रबुद्धता’ थिमसहित काठमाडौंमा सम्पन्न भएको छ । 

बैठकको उद्घाटन गभर्नर जेडटीएन एरिक इलाभियाले गरेका थिए । लेफ्टिनेन्ट गभर्नर जेडटीएन सिर्जना राणाले डिस्ट्रिक्ट २५ मा सहभागीहरूलाई जोन्टा सदस्यता संख्याको बारेमा जानकारी दिँदै क्लबका कार्यक्रमहरूमा सदस्यहरूलाई संलग्न गराउने र उत्प्रेरित राख्ने तरिकाहरूबारे प्रकाश पारे । 

बैठकमा बंगलादेश, भारत, इटाली र नेपालका ७९ सदस्य सहभागी थिए । बंगलादेशका एरिया डाइरेक्टर जेडटीएन मोमताज चौधरी र अरु ८ वटा क्लबका प्रेजिडेन्टहरुले पनि बंगलादेश र नेपालमा महिला सशक्तिकरणका लागि विभिन्न क्लबहरूले गर्दै आएका परियोजनाहरूबारे संयुक्त रुपमा बताए । 

उक्त क्षेत्रीय बैठकमा नेपाल, बंगलादेश, भारत र इटालीको डी २५ अन्तर्राष्ट्रिय बोर्ड लायाजन गरी करिब १०० जोन्टियनहरू सहभागी थिए । 

जोन्टा इन्टरनेशनल डी २५ सम्पर्क अधिकृत फर्नान्डा ग्यालोले राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँग भेट्न र सुझावहरू प्राप्त गर्न पाउँदा आफूलाई गौरवान्वित भएको र सम्मानित महशुस भएको बताए  । 

जोन्टा क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट २५मा पर्छ जहाँँ नेपाल, भारत, श्रीलंका र बंगलादेश समावेश छन् । सन् १९१९ मा न्यूयोर्कमा स्थापना भएको जोन्टा इन्टरनेशनलले महिला अधिकारलाई मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको छ । 

यो विश्वभरका ६३ वटा देशहरूका १२०० जोन्टा क्लबहरूमा सहभागि २९ हजार भन्दा बढी जोन्टियनहरूको व्यावसायिकता र फेलोशिप तथा जोन्टाका संस्थापकहरूको दूरदर्शीता मार्फत हासिल भइरहेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद