व्यापार तथा प्रदर्शनी मेला जेठ २८ गते ललिपुरको पुल्चोक स्थित याक प्यालेसमा गर्न लागिएको समूहका अध्यक्ष डा. सुनिल चित्रकारले जानकारी दिए । कार्यक्रममा संस्थामा आवद्ध उत्पादकहरु, शिल्पीहरु तथा शुभेच्छुकहरुसहित करिब एक हजार भन्दा बढीको सहभागिता हुने पनि अपेक्षा गरिएको छ । मेलामा हस्तकला, कृषि खाद्यजन्य वस्तु र गैरकाष्ठ वनपैदावरजन्य वस्तुहरूको प्रदर्शन गरिनेछ । ब्यापार प्रदर्शनमा २५ सय भन्दा बढी उनले अपेक्षा आयोजकको छ ।
सन् १९९६ मा स्थापना भएको स्वच्छ व्यवसाय समूहले विभिन्न ३२ सदस्य संस्थाहरूमार्फत स्वच्छ व्यवसायको अभ्यास गर्दै आएका पत्रकार सम्मेलनमा चित्रकारले बताए ।
यो समूहले सदस्य संस्थाहरूमार्फत देशका ३५ भन्दा बढी जिल्लाहरूमा आर्थिक तथा सामाजिक रूपले पछाडि पारिएका १० हजारभन्दा बढी नागरिकलाई जीविकोपार्जन प्रवद्र्धन र उद्यमशीलता विकासको माध्यमबाट आयआर्जनका अवसरहरू प्रदान गर्दै आएको छ ।
यो समूहले प्रत्येक वर्ष मे महिनाको दोस्रो शनिवार ‘विश्व स्वच्छ व्यवसायी दिवस’ मनाउँदै आएको छ । यसअघि लगातार दुई वर्ष भने कोरोना संक्रमणका कारण दिवस कार्यक्रम प्रभावित भएको थियो । दिवसकै अवसरमा जेठ २१ गते शनिवार काठमाडौंमा प्रभातफेरी कार्यक्रम गर्न लागिएको पनि चित्रकारले जानकारी दिए ।
उनकाअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सचिव चन्द घिमिरेको उपस्थितिमा हुने प्रभातफेरी भृकुटी मण्डप, प्रदर्शनी मार्गबाट शुरु भई रत्नपार्क, भोटाहिटी, बाङ्गेमुढा, भेडासिंह, इन्द्रचोक, मखन हुँदै वसन्तपुर दरबार क्षेत्रमा समापन हुनेछ ।
यस वर्ष पनि मे १४ को दिन जलवायु न्याय विषयमा केन्द्रित रही लेट्स डु ईट फेयर नाराका साथ विश्वव्यापी रूपमा यस दिवस मनाइएको छ ।