भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ ।रेल्वे कम्पनीका महानिर्देशकसहितको टोली शनिवार जयनगर पुग्दैछ । जयनगरमा रेल सजावटको काम भइरहेको छ ।
महानिर्देशक झाका अनुसार रेल्वे सेवा उद्घाटन भएलगत्तै विद्यार्थीहरु बोकेर नेपाली रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । कुर्थामा पुगेपछि नेपालतर्फको औपचारिक कार्यक्रम सुरु हुनेछ