बैंकको डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले सो छुटको लाभ उठाउन पाउने छन् । यस सम्झौता पश्चात ज्योति विकास बैंकका ग्राहकहरुले भिषा डेविट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशका अन्य विभिन्न व्यवसायहरुसंगको सहकार्यमा ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गर्दै आइरहेको छ । ज्योति विकास बैंकले हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।