Media Network

कालिका पावर कम्पनीको नाफा १७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?


खबरस्टोरी संवाददाता

२७ माघ २०७८,बिहीबार

काठमाडौँ। आज कालिका पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा १७.१८ प्रतिशत बढेको छ। कम्पनीले गत आर्थिक वर्षको दोस्रो त्रैमासमा रू. ५ करोड ३६ लाख नाफा कमाएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड २८ लाख नाफा कमाएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६० करोड रुपैँया चुक्ता पुँजी रहेको कालिका पावर कम्पनीले २० करोड ६१ लाख रुपैँया संचित मुनाफा आर्जन गरेको छ। यस्तो मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.१४ प्रतिशत वृद्धि भएको देखिन्छ। 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत विक्रीआम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले विद्युत विक्री बापत रू. ११ करोड २७ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ११ करोड ६१ लाख पुगेको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा कालिका पावर कम्पनीको प्रति शेयर आम्दानी २०.९४ रुपैयाँ, प्रति शेयर नेटवर्थ  १३४.३६ रुपैंया, प्रति शेयर कुल सम्पत्तिको मूल्य २०९.४४ रुपैँया र मूल्य आम्दानी अनुपात २६.२७ गुणा रहेको तथ्यांकले देखाएको छ।  



Share:
Reaction :
ताजा समाचार
खेलकुद