काठमाडौं । कुमारी बैंक र पोखराको अन्नपूर्ण केबलकार बीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाको भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा ‘पीओएस’ बाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।
सम्झौतामा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीनराज पौडेल र अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरेका छन् ।